तरुण खबर
१२ मंसिर २०८२, शुक्रबार १२:३६
काठमाडाैं, १२ मंसिर । विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएल ले नेपाली बजारका लागि दुई अत्याधुनिक प्रिमियम साउन्डबार मोडेल S55H र Q65H सार्वजनिक गरेको छ। हालको क्रिकेट उत्साहलाई ध्यानमा राख्दै यी साउन्डबारहरूले घरमै बसेर स्टेडियमजस्तो अनुभव दिलाउने उद्देश्य राखेका छन्।
S55H साउन्डबार
S55H मोडेलमा २.१ च्यानल डोल्बी एटमस र DTS Virtual:X प्रविधि प्रयोग गरिएको छ, जसले स्पष्ट र सिनेमाजस्तो अडियो प्रदान गर्दछ। वायरलेस सबवूफर सहित आएको यस मोडेलले २२०W को अधिकतम शक्ति दिन्छ, जसले गहिरो बास र भरपूर्ण ध्वनि सुनिश्चित गर्छ।
Bluetooth 5.3 Low Latency Connectivity ले लाइभ खेल वा कन्टेन्ट हेर्दा आवाज ढिलाइ कम गर्छ। एआई सोनिक-एडप्टेशनले कोठाको अवस्था अनुसार आवाजलाई स्वतः अनुकूल बनाउँछ। साथै, टीसीएल टुट्टी कोरल टेक्नोलोजीले टीसीएल टिभीसँग साउन्डबारलाई छिटो जोड्न मद्दत गर्दै एकीकृत ध्वनि आउटपुट दिन्छ।
Q65H साउन्डबार
Q65H ले ५.१ च्यानल स्पिकर प्रणालीको मदतले ५८०W को शक्तिशाली आवाज दिन्छ। Dolby Atmos र DTS:X प्रविधिले वास्तविक ३D सराउन्ड अनुभव सिर्जना गर्छ। Signature RAY·DANZ Technology ले चौडा, प्राकृतिक र जीवन्त साउन्ड स्टेज प्रदान गर्दछ।
Wireless Subwoofer सहित आएको Q65H विशेष गरी ५५–इन्च भन्दा ठूला टिभीका लागि उपयुक्त छ। यसमा HDMI eARC, multiple HDMI inputs, र Bluetooth Wireless Music Connectivity जस्ता सुविधाहरू छन्।
टीसीएलका यी साउन्डबारहरू नेपालभरका अधिकृत रिटेल आउटलेटहरू तथा अनलाइन स्टोरमार्फत उपलब्ध छन्। क्रिकेट सिजनमा घरमै टिभी हेर्दा स्टेडियमको अनुभव लिन चाहने उपभोक्ताका लागि यो उत्कृष्ट अवसर रहेको कम्पनीले जनाएको छ।
टीसीएल विश्वव्यापी ब्रान्ड हो, जसले टेलिभिजन, साउन्ड सिस्टम र घरेलु उपकरणहरूको डिजाइन, विकास, निर्माण र वितरण गर्दै आएको छ।


