समृद्ध पर्यटनले टेकेको धुलिखेल : दुसित थानी रिसोर्टको व्यापार ५३% ले उक्लियो

समृद्ध पर्यटनले टेकेको धुलिखेल : दुसित थानी रिसोर्टको व्यापार ५३% ले उक्लियो तरुण खबर १७ मंसिर २०८२, बुधबार १२:२९
समृद्ध पर्यटनले टेकेको धुलिखेल : दुसित थानी रिसोर्टको व्यापार ५३% ले उक्लियो

धुलिखेलको शान्त वातावरण, आकर्षक पहाडी पहिरन र बढ्दो आन्तरिक पर्यटक आगमनसँगै सोही क्षेत्रको पाँचतारे दुसित थानी हिमालयन रिसोर्टको कारोबार उच्च दरमा बढेको छ। संचालनको पहिलो वर्षमै रिसोर्टले निकै प्रभावशाली व्यापार वृद्धि दर्ज गरेको छ।

सन् २०२५ मा रिसोर्टले १८ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ, जुन गत वर्षको तुलनामा ५३.१७% ले वृद्धि भएको हो। सन् २०२४ मा रिसोर्टको व्यापार १२ करोड १० लाख रुपैयाँ रहेको थियो।

 २०१४ मा दर्ता, अन्तर्राष्ट्रिय ब्रान्डको साझेदारी

रिसोर्ट सन् २०१४ मा ‘ओमस्टोन होटल’ नाममा दर्ता भएको थियो। पछि विश्वप्रसिद्ध होटल ब्रान्ड दुसित थानीसँग व्यवस्थापन साझेदारी गर्दै सेवा विस्तार गरिएको हो।

 चरणबद्ध सेवा विस्तार

  • २०२३ जुलाई: २८ कोठा सहित औपचारिक सेवा सुरु

  • २०२४ अप्रिल: १८ भिल्ला थपेर विस्तार

  • २०२५ मार्च: ५४ कोठा + १८ भिल्ला सहित पूर्ण क्षमतामा संचालन

लक्जरी कोठा निर्माणमै ४ करोड ३० लाख रुपैयाँ लगानी गरिएको कम्पनीले जनाएको छ।

कोठा मूल्य र लागत

रिसोर्टका कोठाको प्रति रात मूल्य १९ हजार रुपैयाँ तोकिएको छ। सुरुमा प्रतिकोठा निर्माण खर्च २ करोड ६० लाख अनुमान गरिएको भए पनि विस्तारपछि कुल लागतमा परिमार्जन गरिएको छ।

आईपीओ ल्याउने तयारी

व्यवसायिक विस्तार र संरचना बलियो बनाउन कम्पनीले अब आइपीओ (IPO) ल्याउने तयारी सुरु गरेको छ।

 स्वामित्व र कर्जा स्थिति

कम्पनीमा यी व्यक्तिहरूको स्वामित्व रहेको छ:

  • बिष्णु मोर

  • राधिका भेगिटेबल्स आयाल

  • राजेन्द्रकुमार काब्रा

  • आशिषकुमार गोयल

  • रमेश हमाल (सेबोनका पूर्वअध्यक्ष)

रिसोर्टले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ५६ करोड ५० लाख रुपैयाँ बराबरको क्रेडिट रेटिङ गराइसकेको छ।