माछापुच्छ्रे एसआइपी योजनामा आवेदन दिन आज अन्तिम दिन

माछापुच्छ्रे एसआइपी योजनामा आवेदन दिन आज अन्तिम दिन तरुण खबर १७ मंसिर २०८२, बुधबार १२:३९
माछापुच्छ्रे एसआइपी योजनामा आवेदन दिन आज अन्तिम दिन

माछापुच्छ्रे क्यापिटलले निष्काशन गरेको सामूहिक लगानी कोष – माछापुच्छ्रे एसआइपी योजना मा आवेदन दिनको आज अन्तिम दिन हो।

क्यापिटलले मंसिर १४ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्रीमा ल्याएको हो। यो योजना एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने खुलामुखी प्रकृतिको योजना हो।

यो योजनाको कुल आकार ५ करोड इकाई रहेको छ। जसमध्ये—

  • १४% (७० लाख इकाई) कोष प्रबर्धक माछापुच्छ्रे बैंक का लागि सुरक्षित छ।

  • १% (५ लाख इकाई) योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल का लागि सुरक्षित गरिएको छ।

सर्वसाधारणले १ करोड २५ लाख इकाई को लागि आवेदन दिन सक्नेछन्।