नबिल बैंकको सेयरधनीलक्षित १२.५०% नगद लाभांश प्रस्ताव

नबिल बैंकको सेयरधनीलक्षित १२.५०% नगद लाभांश प्रस्ताव तरुण खबर २१ मंसिर २०८२, आईतवार ११:३३
नबिल बैंकको सेयरधनीलक्षित १२.५०% नगद लाभांश प्रस्ताव

नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूका लागि १२.५० प्रतिशत नगद लाभांश (करसहित) घोषणा गरेको छ। बैंकको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले लाभांश वितरणको प्रस्ताव पारित गरेको हो।

बैंकका अनुसार सेयरधनीहरूले प्रति सेयर १२.५० रुपैयाँ (करसहित) नगद लाभांश प्राप्त गर्नेछन्। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।

नबिल बैंकले नियमित रूपमा शेयरधनी प्रतिफल वितरण गर्दै आएको छ, र यस वर्षको लाभांशले पनि लगानीकर्ताको विश्वास बढाउने बैंकको विश्वास छ।