तरुण खबर
२१ मंसिर २०८२, आईतवार ११:४०
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिइओ पोषकराज पौडेलको कार्यकाल थप गर्ने निर्णय गरेको छ। कम्पनीको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले पौडेललाई पुस ३० गतेदेखि आगामी ४ वर्षका लागि पुनः सिइओ पदमा निरन्तरता दिने प्रस्ताव पारित गरेको हो।
कम्पनीले जारी गरेको जानकारीअनुसार पौडेलको नेतृत्वमा कम्पनीको व्यवसायिक वृद्धि, सेवा विस्तार र प्रविधिमैत्री प्रणाली सुदृढीकरणमा महत्वपूर्ण प्रगति भएकाले नै कार्यकाल नवीकरण गर्ने निर्णय गरिएको हो। पुनर्नियुक्त सिइओ पौडेललाई कम्पनीले आगामी कार्यकालमा अझ प्रभावकारी ढंगले संस्थालाई अगाडि बढाउने विश्वास व्यक्त गरेको छ।



