‘सेयर बजार दीर्घकालीन सुरक्षित गन्तव्य’ : डेपुटी गभर्नर बमबहादुर मिश्र

‘सेयर बजार दीर्घकालीन सुरक्षित गन्तव्य’ : डेपुटी गभर्नर बमबहादुर मिश्र तरुण खबर २५ मंसिर २०८२, बिहीबार ११:१५
‘सेयर बजार दीर्घकालीन सुरक्षित गन्तव्य’ : डेपुटी गभर्नर बमबहादुर मिश्र

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले सेयर बजारलाई बैंक तथा वित्तीय संस्थाका लागि ‘सबैभन्दा सुरक्षित दीर्घकालीन लगानी’ का रूपमा प्रस्तुत गरेका छन्। नेपाल धितोपत्र बोर्ड (सेबोन) द्वारा आयोजित पुँजी बजार साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रममा बोल्दै उनले बजारबारे पर्याप्त सूचना र बुझाइ बिना गरिने निर्णयले जोखिम बढाउने बताउँदै सचेत लगानी आवश्यक रहेको उल्लेख गरे।

मिश्रले बजार स्थिरता, कम्पनीको आर्थिक आधार (फन्डामेन्टल) र दीर्घकालीन दृष्टिकोणलाई प्राथमिकता दिएर मात्र लगानी गर्नुपर्नेमा जोड दिए। उनका अनुसार, “बजारका फन्डामेन्टलहरू बलियो भए मूल्य स्वाभाविक रूपमा बढ्छ,” भन्दै अमेरिकी राजनीतिमा ट्रम्प राष्ट्रपति बनेपछि टेस्लाको सेयर मूल्य तीन महिनापछि उक्लिएको उदाहरण पेश गरे।

डेपुटी गभर्नर मिश्रले बैंक तथा वित्तीय क्षेत्रका संरचना, नियमन र लगानी क्षमता मजबुत हुने प्रक्रियामा सेयर बजारले दीर्घकालीन रूपमा स्थिर प्रतिफल दिने विश्वास व्यक्त गरे। उनले लगानीकर्ताले बजारका उतार–चढावमा हतार नगरी तथ्य, तथ्यांक र फन्डामेन्टलका आधारमा निर्णय लिन सके जोखिम घट्ने र प्रतिफल बढ्ने बताए।

कार्यक्रममा उनले पुँजी बजार विस्तारका लागि वित्तीय साक्षरताको स्तर बढाउनुपर्नेमा पनि जोड दिए।