तरुण खबर
२५ मंसिर २०८२, बिहीबार ११:४९
प्रभु बैंक लिमिटेडले सञ्चालक सुरज कुमार श्रेष्ठको राजीनामा स्वीकृत गरेको छ। बैंकको ३९८औँ सञ्चालक समिति बैठक बुधबार साँझ बस्दा सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने श्रेष्ठको राजीनामा अनुमोदन गरिएको जानकारी दिइएको छ।
राजीनामा स्वीकृत भएपछि बैंकले नयाँ व्यवस्थापन र प्रतिनिधित्व प्रक्रियालाई अघि बढाउने तयारी सुरु गरेको बताइएको छ। यस निर्णयसँगै बैंकको सञ्चालक समितिमा आवश्यक समायोजन तथा नयाँ प्रतिनिधिको नियुक्ति प्रक्रियाका लागि आवश्यक कदम चालिने अपेक्षा गरिएको छ।


