भारतीय नोटमा सहजता, सीमा कारोबार थप सरल

भारतीय नोटमा सहजता, सीमा कारोबार थप सरल तरुण खबर १ पुष २०८२, मंगलवार ११:४७
भारतीय नोटमा सहजता, सीमा कारोबार थप सरल

सरकारले ठूला दरका भारतीय नोटमाथि रहेको प्रतिबन्ध हटाएसँगै नेपालमा अब २ सय र ५ सय दरका भारतीय रुपैयाँ (भारू) चलनचल्तीमा आउने भएका छन्। यस निर्णयले सीमा क्षेत्रमा हुने दैनिक कारोबार र यात्रालाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारत–नेपाल आवतजावत गर्ने यात्रुका लागि २५ हजार रुपैयाँसम्म २ सय र ५ सय दरका भारतीय नोट लान तथा ल्याउन पाउने व्यवस्था गरेको हो। यसअघि ठूला दरका भारतीय नोट प्रयोगमा प्रतिबन्ध हुँदा सीमा नाकामा कारोबार र भुक्तानीमा असहजता देखिँदै आएको थियो।

नयाँ व्यवस्थाअनुसार तोकिएको सीमाभित्र ठूला दरका भारतीय नोट वैधानिक रूपमा बोक्न र प्रयोग गर्न पाइने भएपछि सीमा क्षेत्रका व्यापारी, सर्वसाधारण तथा यात्रुहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ।