तरुण खबर
१ पुष २०८२, मंगलवार ११:५७
मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा फरक–फरक रुझान देखिएको छ। हिजो भन्दा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार रुपैयाँ कायम गरिएको छ। सोमबार यो मूल्य प्रतितोला २ लाख ६० हजार ७०० रुपैयाँ तोकिएको थियो। यसअघि हिजो सुन प्रतितोला १९०० रुपैयाँ बढेको थियो भने आज मंगलबार १७०० रुपैयाँ मात्र बढेको हो।
यता चाँदीको मूल्य आज प्रतितोला १५ रुपैयाँ बढेर ३ हजार ८८५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको मूल्य ३ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो।


