तरुण खबर
१ पुष २०८२, मंगलवार १२:०१
एनएमबि बैंक लिमिटेडले लाभांश पारित गर्ने प्रस्ताव सहित वार्षिक साधारण सभा (एजीएम) बोलाएको छ। बैंकले पुस २४ गते त्रिभुवन आर्मी अफिसर क्लब, टुडिखेलमा बिहान १० बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको छ।
सभामा बैंकले चुक्ता पुँजीको ५ प्रतिशत कर कट्टीबाहेक बोनस शेयर वितरण गर्ने प्रस्ताव गर्नेछ। हाल कम्पनीको जारी पुँजी २१ अर्ब ३६ करोड ६७ लाख ५ हजार रुपैयाँ रहेको छ। बोनस शेयर वितरणपछि चुक्ता पुँजी २२ अर्ब २८ करोड ५० लाख ४१ हजार रुपैयाँसम्म पुग्ने अपेक्षा गरिएको छ।
बैंकको हालको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार रुपैयाँ रहेको छ। यसअनुसार बैंकले ९१ करोड ८३ लाख ३५ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। वार्षिक साधारण सभामा आर्थिक वर्ष २०८१–०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, सोही वर्षको नाफा–नोक्सान हिसाब, अन्य विस्तृत आम्दानी विवरण लगायतका एजेन्डा प्रस्तुत गरिनेछ। बोनस शेयर वितरण र सभाको निर्णय बैंकका लगानीकर्ता तथा शेयरधनीका लागि सकारात्मक संकेतको रुपमा लिइएको छ।


