तरुण खबर
१ पुष २०८२, मंगलवार १२:१०
उपराष्ट्रपति राम सहाय प्रसाद यादवले आज साँझ कतारको राष्ट्रिय दिवसको अवसरमा आयोजित स्वागत समारोहमा सहभागिता जनाएका छन्।
काठमाडौँस्थित कतारका राजदूत मिशाल एम अल–अन्सारीले आयोजना गरेको सो कार्यक्रममा संविधानिक निकायका प्रमुख, पूर्व मन्त्रीहरू, कूटनीतिक मिशनका प्रमुख र कर्मचारी, उच्च सरकारी अधिकारीहरू, कतारी नागरिक, उद्योगपति, व्यवसायी र सञ्चारकर्मीहरू उपस्थित थिए।
समारोहमा वक्तव्य दिँदै राजदूत अल–अन्सारीले नेपाल र कतारबीच कायम रहँदै आएको मैत्रीपूर्ण सम्बन्धको महत्त्वपूर्ण पक्षमा प्रकाश पारे। उनले भने कि कतार नेपालमा स्वास्थ्य सुधार, जीविकोपार्जन प्रवर्द्धन, वातावरण संरक्षण र जलवायु परिवर्तनका प्रभाव न्यूनिकरणको प्रयासमा निरन्तर सहयोग गर्दै आएको छ।
कतारको राष्ट्रिय दिवस प्रत्येक वर्ष डिसेम्बर १८ मा आधुनिक कतारका संस्थापक नेता शेख जासिम बिन मोहम्मद अल थानीको सम्मानमा मनाइन्छ।


