नेपाल टेलिकममा नयाँ सह-प्रवक्ता नियुक्त

नेपाल टेलिकममा नयाँ सह-प्रवक्ता नियुक्त तरुण खबर ३ पुष २०८२, बिहीबार १२:०८
नेपाल टेलिकममा नयाँ सह-प्रवक्ता नियुक्त

नेपाल टेलिकमले प्रक्षेत थापा क्षेत्रीलाई कम्पनीको सह-प्रवक्ता नियुक्त गरेको छ। कम्पनीका अनुसार क्षेत्री हाल केन्द्रीय कार्यालयस्थित प्रधान व्यावसायिक अधिकृतको कार्यालयमा उप-प्रबन्धकको रूपमा कार्यरत थिए। उनको अनुभव र कार्यक्षमतालाई मध्यनजर गर्दै उनलाई सह-प्रवक्ताको जिम्मेवारी तोकिएको हो।

नेपाल टेलिकमले यस नियुक्तिसँगै कम्पनीका सूचना र सञ्चार व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने उद्देश्य रहेको जनाएको छ।