प्रभु महालक्ष्मी लाइफले शेयरधनीलाई लाभांश दिने

प्रभु महालक्ष्मी लाइफले शेयरधनीलाई लाभांश दिने तरुण खबर ३ पुष २०८२, बिहीबार १२:१४
प्रभु महालक्ष्मी लाइफले शेयरधनीलाई लाभांश दिने

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ४.४२१ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त दरमा लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।