पिताम्बर भण्डारी धितोपत्र बोर्डमा प्रवेश, छानबिन जिम्मेवारीसहित

पिताम्बर भण्डारी धितोपत्र बोर्डमा प्रवेश, छानबिन जिम्मेवारीसहित तरुण खबर ४ पुष २०८२, शुक्रबार ११:५६
पिताम्बर भण्डारी धितोपत्र बोर्डमा प्रवेश, छानबिन जिम्मेवारीसहित

नेपाल धितोपत्र बोर्डका नयाँ सदस्य पिताम्बर भण्डारीले शुक्रवार बोर्डमा शपथ ग्रहण गरेका छन्। उनलाई बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले स्वागत तथा शपथ ग्रहण गराएका थिए। अन्य बोर्ड सदस्यहरूले पनि भण्डारीलाई हार्दिक स्वागत र शुभकामना व्यक्त गरेका छन्।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ३(२)(छ) अनुसार बोर्ड सदस्यको योग्यता पुरा गरेका विज्ञहरू मध्येबाट नेपाल सरकारले सदस्य मनोनीत गर्ने व्यवस्था रहेको छ। यसै व्यवस्था अनुसार भण्डारी बोर्ड सदस्यमा नियुक्त भएका हुन्।

शपथ ग्रहणसँगै उनलाई रिलायन्स स्पीनिङ मिल्सको शेयर बुक बिल्डिङ्ग प्रक्रियाबाट निष्कासन भएको साधारण शेयर (आईपीओ) सम्बन्धी छानबिन समितिको सदस्य जिम्मेवारी दिइएको छ। समितिको संयोजक बोर्डका सदस्य विनोद कुमार भट्टराई रहेका छन् भने अर्का सदस्य आनन्द राज शर्मा वाग्ले छन्।

भण्डारीलाई जिम्मेवारी दिइएको पहिलो दिनमै समितिमा सामेल गरिएसँगै बोर्डले पारदर्शिता र छानबिन प्रक्रियामा सक्रियता देखाएको छ।