सिवाईसी नेपाल लघुवित्तको आकर्षक लाभांश घोषणा

सिवाईसी नेपाल लघुवित्तको आकर्षक लाभांश घोषणा तरुण खबर ६ पुष २०८२, आईतवार ११:३१
सिवाईसी नेपाल लघुवित्तको आकर्षक लाभांश घोषणा

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश घोषणा गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले वितरणयोग्य मुनाफाबाट कुल १३.४३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

घोषित लाभांशअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी २६ करोड ६४ लाख २४ हजार ३८८ रुपैयाँको आधारमा शेयरधनीहरूलाई बोनस शेयर तथा नगद लाभांश प्रदान गर्नेछ। कुल लाभांशमध्ये १३.७६ प्रतिशतका दरले ३ करोड ३९ लाख ९३ हजार ९७५ रुपैयाँ बराबरको बोनस शेयर वितरण गरिनेछ भने कर प्रयोजनका लागि ०.६७ प्रतिशतका दरले १७ लाख ८९ हजार १५७ रुपैयाँ बराबरको नगद लाभांश दिने निर्णय गरिएको छ।

कम्पनीले यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरूलाई वितरण गरिने जानकारी दिएको छ।

लाभांश घोषणासँगै सिवाईसी नेपाल लघुवित्तले आफ्ना शेयरधनीलाई निरन्तर प्रतिफल दिने प्रतिबद्धता कायम राखेको संकेत गरेको छ।