सानिमा रिलायन्स लाइफको शत प्रतिशत ब्याज छुट अभियान सुरु

सानिमा रिलायन्स लाइफको शत प्रतिशत ब्याज छुट अभियान सुरु तरुण खबर ६ पुष २०८२, आईतवार ११:४१
सानिमा रिलायन्स लाइफको शत प्रतिशत ब्याज छुट अभियान सुरु

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले समयमै नवीकरण नहुने व्यतीत बीमालेखलाई लक्षित गर्दै विलम्ब शुल्कमा शत प्रतिशत छुटसहितको पुनर्जागरण अभियान सुरु गरेको छ। कम्पनीले विभिन्न कारणले बीमाशुल्क समयमा भुक्तानी गर्न नसक्ने ग्राहकहरूलाई लक्षित गर्दै यो योजना सार्वजनिक गरेको हो।

पुनर्जागरण अभियान पौष ६ गतेदेखि २८ गतेसम्म लागू हुनेछ। यस अभियानअन्तर्गत व्यतीत बीमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुट सुविधा प्रदान गरिनेछ। व्यतीत बीमालेखमा ब्याज छुट सुविधा लिएपछि ६ महिनाभित्र बीमालेख समर्पण गरेमा छुट पाएको सम्पूर्ण रकम भुक्तानी गरी समर्पण गरिनेछ। तर, बीमालेख परिपक्व हुन १ वर्ष वा सो भन्दा कम समय बाँकी रहेको बीमालेखमा ब्याज छुट सुविधा नपाइने कम्पनीले जनाएको छ।

सामान्य अवस्थामा बीमालेख व्यतीत हुँदा बीमितले रक्षावरण गुमाउनुका साथै अतिरिक्त विलम्ब शुल्क पनि तिर्नुपर्ने हुन्छ। तर यस अभियानअन्तर्गत ग्राहकहरूले विलम्ब शुल्कमा छुटको फाइदा उठाएर व्यतीत बीमालेख नबिकरण गरि पुनर्जागरण गराउन सक्नेछन्।

कम्पनीले हरेक नेपालीलाई जीवन बीमाको दायरा भित्र ल्याएर बिमित र बिमितसँग आश्रितको आर्थिक पक्ष सबल र सुरक्षित बनाउन जीवन बीमा अनिवार्य रहेको उल्लेख गरेको छ।

ग्राहकहरूले देशभरि रहेका कम्पनीका १६८ शाखा कार्यालयहरू वा अनलाइन भुक्तानी माध्यमहरूबाट यस योजनामा सहभागी हुन सक्ने कम्पनीले जानकारी दिएको छ।