तरुण खबर
६ पुष २०८२, आईतवार १२:१९
हालै ललितपुरमा आयोजित CAN B2B समिट २०८२ मा कम्प्युटर एसोसिएसन अफ नेपाल (CAN) फेडेरेसनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीबी अधिकारीले नेपालको डिजिटल भविष्य डेटा सेन्टर र क्लाउड सेवाको मजबुत आधारमा निर्भर रहेको बताएका छन्।
अधिकारिका अनुसार, सीमाबद्ध देश नेपालका लागि डिजिटल अर्थतन्त्रले “सीमाविहीन” अवसर प्रदान गर्छ, तर डेटा भण्डारण, प्रशोधन र सुरक्षा बिना यो सम्भव छैन। डेटा सेन्टर र क्लाउड पूर्वाधार अब केवल IT कम्पनीका लागि विलासिता नभई कृषि, शिक्षा, फिनटेक लगायत सबै क्षेत्रका लागि आधारभूत स्तम्भ हुन्।
स्टार्टअप र साना व्यवसायलाई प्रोत्साहन
नेपाली उद्यमीका लागि प्रारम्भिक लागत उच्च हुनु प्रमुख चुनौती हो। क्लाउड सेवाले:
पूँजी खर्च घटाउने: स्टार्टअपहरूले हार्डवेयर किन्ने सट्टा कम्प्युटिङ क्षमता भाडामा लिन सक्छन्।
विस्तार क्षमता: ग्राहक बढेसँगै डिजिटल उपस्थिति तुरुन्तै बढाउन सकिन्छ।
वैश्विक पहुँच: विश्वसनीय क्लाउड प्रणालीले नेपाली युवालाई IT सेवा निर्यातमा सक्षम बनाउँछ।
विश्व बजारमा अवसर
विश्व डेटा सेन्टर बजार २०३० सम्ममा $602 बिलियन नाघ्ने अनुमान छ। इस्टोनिया, सिंगापुर र भारतले यस क्षेत्रमा महत्वपूर्ण लगानी गरिसकेका छन्। अधिकारीका अनुसार, दक्षिण एसियामा प्रतिस्पर्धी रहन नेपालले आफ्नो रणनीति ‘टेक हब’ बन्नमा केन्द्रित गर्नु आवश्यक छ।
तीन स्तम्भीय सुधार योजना
CAN फेडेरेसनले नेपालको डिजिटल विकासका लागि तीन प्रमुख रणनीति सुझाएको छ:
नीति सुधार र डेटा स्थानीयकरण: नेपाली नागरिकको संवेदनशील डेटा देशभित्र राख्ने नीति र कडा साइबर सुरक्षा कानूनले विदेशी लगानीकर्ता विश्वास निर्माण गर्नेछ।
कुशल जनशक्ति तयार पार्ने: विश्वविद्यालयहरूले क्लाउड आर्किटेक्चर, AI र साइबर सुरक्षा क्षेत्रमा तालिम दिने आवश्यक छ।
काठमाडौ बाहिर डिजिटल समावेशीकरण: ग्रामीण टेलिकम विकास कोषको सदुपयोग गरी उच्च गति इन्टरनेट र डिजिटल सेवा देशभर पुग्ने सुनिश्चित गर्नुपर्छ।
अधिकारिका अनुसार, नेपाल भारत र चीनको बीचमा अवस्थित strategically location ले यसलाई उच्च-उचाइ डेटा हेवनको रूपमा स्थापित गर्ने अवसर प्रदान गर्दछ। सार्वजनिक-निजी साझेदारी र सुरक्षित स्थानीय क्लाउड पूर्वाधारमा ध्यान दिँदा नेपाल विश्वको प्राविधिक उपभोक्ताबाट क्षेत्रीय डिजिटल समाधान प्रदायकमा रुपान्तरण गर्न सक्छ।


