तरुण खबर
७ पुष २०८२, सोमबार ११:५९
आज नेपाली बजारमा सुन र चाँदीको मूल्य उल्लेख्य रूपमा वृद्धि भएको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढेको हो।
महासंघले दिएको जानकारीअनुसार आइतबार प्रतितोला २ लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनको मूल्यमा आएको यस वृद्धिले बजारमा सकारात्मक संकेत देखिएको महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। आइतबार प्रतितोला ४ हजार १०५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ सय ३० रुपैयाँले बढेर ४ हजार २३५ रुपैयाँ पुगेको छ।


