इन्फिनिटी लघुवित्तले नाफाबाट फोकस परिवर्तन

इन्फिनिटी लघुवित्तले नाफाबाट फोकस परिवर्तन तरुण खबर ७ पुष २०८२, सोमबार १२:१३
इन्फिनिटी लघुवित्तले नाफाबाट फोकस परिवर्तन

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनी सचिव ज्ञानीश्वर पन्तका अनुसार पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।

बैठकले गत आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन नेपाल राष्ट्र बैंकमा पेश गरी पारित गर्ने निर्णय पनि गरेको छ।

कम्पनीले लाभांश वितरण नगर्ने निर्णयसँगै फोकस आगामी विकास र संस्थागत मजबुतीमा केन्द्रित गर्ने योजना बनाएको जनाएको छ।