इन्टेरियर–फर्निचर एक्सपो २०८२ सफलतापूर्वक सम्पन्न

इन्टेरियर–फर्निचर एक्सपो २०८२ सफलतापूर्वक सम्पन्न तरुण खबर ७ पुष २०८२, सोमबार १२:२१
इन्टेरियर–फर्निचर एक्सपो २०८२ सफलतापूर्वक सम्पन्न

नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। मिडिया स्पेस सोलुसन्स प्रा. लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि.ले संयुक्त रुपमा आयोजना गरेको एक्सपो तीन दिन चलेको थियो र यसको एघारौँ संस्करण पुस ६ गते आईतबार सम्पन्न भएको हो।

प्रदर्शनीमा इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटाइल, हार्डवेयर, काष्ठ सम्बन्धि मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ र उत्पादनहरू प्रदर्शन गरिएका थिए। स्वदेशी तथा विदेशी प्रसिद्ध ब्राण्डका १०० भन्दा बढी स्टल राखिएको यो एक्सपो शुक्रबार उद्घाटन गरिएको थियो।

उद्घाटन कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्य, सामुदायिक वन उपभोगता महासंघका अध्यक्ष ठाकुर भण्डारी, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका अध्यक्ष दिनेश राज रेग्मी, नेपाल प्लाईउड उत्पादक संघका होम प्रसाद घिमिरे, र इन्टेरियर डिजाईनर एस्सोसियेशन नेपालका अध्यक्ष श्याम श्रेष्ठले संयुक्त रूपमा सहभागिता जनाएका थिए।

प्रदर्शनीमा इन्टेरियर डिजाईनर एस्सोसियेशन नेपालका विज्ञद्वारा विभिन्न शिर्षकमा दुई दिने सेमिनार तथा गोष्ठी पनि आयोजना गरिएको थियो, जसले सहभागी व्यवसायी तथा डिजाइनरहरूलाई नयाँ प्रविधि र उत्पादनका बारेमा जानकारी लिन मौका दिएको थियो।

११ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस एक्सपोले काठ तथा फर्निचर व्यवसायमा नवीनतम प्रविधि र उत्पादनलाई प्रवद्र्धन गर्ने महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।