धुर्मुस सुन्तलीको चलाखी, छोरीको नाममा अमेरिकामा खोले कम्पनी

धुर्मुस सुन्तलीको चलाखी, छोरीको नाममा अमेरिकामा खोले कम्पनी तरुण संवाददाता ९ पुष २०८२, बुधबार १६:३२
धुर्मुस सुन्तलीको चलाखी, छोरीको नाममा अमेरिकामा खोले कम्पनी

काठमाडौं । हास्य कलाकार जोडी सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले एक वर्षअघि नै अमेरिकामा छोरी सुबिहानीको नाममा कम्पनी खोलेको भेटिएको छ । उनीहरू केही समयअघि मात्र ‘एक्स्ट्रा अर्डिनरी ग्रिन कार्ड’ लिएर अमेरिका गएका थिए ।

अमेरिकाको फ्लोरिडा राज्यमा अन्य दुईजना व्यक्तिहरूसँग मिलेर सुभिना एलएलसी नामक कम्पनी खोलेको भेटिएको हो ।

फ्लोरिडा राज्यको कम्पनी हेर्ने सरकारी कार्यालयको वेबसाइटमा सन् २०२४ डिसेम्बर १२ मा केदार आचार्य, कुञ्जना घिमिरे र तेज कार्कीको नाममा सुभिना एलएलसी नामको कम्पनी खोलेको कागजात देखिएको छ । धुर्मुस सुन्तलीले खोलेको कम्पनीको कागजपत्र बुधबार बिहानदेखि सामाजिक सञ्जालमा भाइरल छ ।

दुई साताअघि अमेरिका पुगेका कट्टेलले सामाजिक सञ्जालमार्फत छोरीको उपचारको निम्ति आफूहरू अमेरिकामा आएको उल्लेख गरेका थिए ।त्यसअघि उनी गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण गर्दा आफूले पाएको कष्ट र हैरानीलाई लिएर चर्चामा थिए ।

रंगशाला निर्माणको क्रममा १८ करोडभन्दा बढी ऋण भुक्तान गर्न बाँकी रहेको र सो कार्यमा भरतपुर महानगरलगायत सरकार पक्षले सहयोग नगरेको आरोप लगाउँदै आएका छन् । तर उनी अमेरिका पुगेपछि भने सबैले रंगशाला निर्माण गर्दा केही गडबड भएको अनुमान गरेका छन् ।