वैदेशिक रोजगारीको नीति व्यवहारिक भएन: नेपाल वैदेशिक रोजगार व्यवसायी संघ

वैदेशिक रोजगारीको नीति व्यवहारिक भएन: नेपाल वैदेशिक रोजगार व्यवसायी संघ तरुण खबर ११ पुष २०८२, शुक्रबार २३:३६
वैदेशिक रोजगारीको नीति व्यवहारिक भएन: नेपाल वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले स्वास्थ्य परीक्षणलगायतका सेवामा श्रमिकलाई अनावश्यक दु:ख दिइएको भन्दै आपत्ति जनाएको छ। संघले मन्त्रिस्तरीय निर्णयअनुसार स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज भइसके पनि केही स्वास्थ्य संस्थाले सेवा बन्द गरेकोप्रति आपत्ति जनाउँदै यसले श्रमिकको अधिकार, समय र मानसिक अवस्थामा नकारात्मक असर पारेको जनाएको छ।

संघले युरोप, कोरिया लगायतका गन्तव्य मुलुकका डिमान्ड लेटर प्रमाणीकरण प्रक्रिया जटिल र ढिलो भएको भन्दै सरल र पारदर्शी बनाउन सरकारसँग माग गरेको छ। साथै, ‘निस्शुल्क’ वैदेशिक रोजगारीको नीति व्यवहारिक नभएको भन्दै स्पष्ट र यथार्थपरक लागत निर्धारण गर्न आग्रह गरेको छ।

संघले श्रमिकको हकहितमा असर पार्ने निर्णयविरुद्ध सशक्त रूपमा आवाज उठाउने चेतावनी दिँदै सरकार, न्यायालय र सञ्चारमाध्यमलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ। विज्ञप्तिमा महासचिव महेश कुमार बस्नेतको हस्ताक्षर रहेको छ।