नागरिक लगानी कोषको साधारण सभा आह्वान, १३ प्रतिशत लाभांश वितरण गर्ने

नागरिक लगानी कोषको साधारण सभा आह्वान, १३ प्रतिशत लाभांश वितरण गर्ने तरुण खबर १२ पुष २०८२, शनिबार ०२:५६
नागरिक लगानी कोषको साधारण सभा आह्वान, १३ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौँ । नागरिक लगानी कोषले आगामी पुस ३० गते आफ्नो ३१ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा कोषको आफ्नै भवन परिसरमा सञ्चालन गरिने कोषले जनाएको छ ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०८०/८१ को नाफाबाट कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । जसमा ५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (कर प्रयोजनसमेत) रहेका छन्।