कृषि उद्यमीको साथमा एनएमबी बैंक, सहज लगानी र सुनिश्चित आम्दानीको व्यवस्था

कृषि उद्यमीको साथमा एनएमबी बैंक, सहज लगानी र सुनिश्चित आम्दानीको व्यवस्था तरुण खबर १४ पुष २०८२, सोमबार ०७:४०
कृषि उद्यमीको साथमा एनएमबी बैंक, सहज लगानी र सुनिश्चित आम्दानीको व्यवस्था

काठमाडौँ/ एनएमबी बैंकले कृषि क्षेत्रको प्रवर्द्धन र किसानको आर्थिक सशक्तीकरणलाई लक्षित गर्दै ‘कृषि कर्जा’ सेवा प्रभावकारी रूपमा सञ्चालन गरिरहेको छ। कृषिमा संलग्न उद्यमीहरूलाई सहज लगानी र सुनिश्चित आम्दानीको अवसर प्रदान गर्ने उद्देश्यसहित बैंकले यो कर्जा योजना अघि सारेको हो।

कृषि उत्पादन, व्यवसायिक खेती तथा कृषि उद्यम विस्तार गर्न चाहने किसानका लागि एनएमबी बैंकले सरल प्रक्रिया, लचिलो सर्त र पहुँचयोग्य सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। आधुनिक प्रविधिको प्रयोग, उत्पादन वृद्धि र आत्मनिर्भर कृषि प्रणाली विकासमा योगदान पुर्‍याउने लक्ष्यसहित बैंकले कृषकहरूलाई वित्तीय सहयोग उपलब्ध गराइरहेको छ।