तरुण खबर
१६ पुष २०८२, बुधबार ०१:१६
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले बैंकिङ सेवालाई थप आधुनिक बनाउँदै ‘चेक बिना नै भुक्तानी’ लिन सकिने नयाँ प्रविधि सार्वजनिक गरेको छ। अब ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप मार्फत बैंक काउन्टरमा रहेको क्यूआर (QR) कोड स्क्यान गरी सजिलै नगद भुक्तानी लिन सक्नेछन्।
यस ‘RBB Smart QR Teller’ सेवा मार्फत प्रति कारोबार २ लाख रुपैयाँसम्म नगद झिक्न सकिने व्यवस्था गरिएको छ। यो सेवा हाल बैंकका सबै शाखाहरूमा उपलब्ध रहेको र केवल मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले मात्र यो सुविधा उपभोग गर्न पाउने बैंकले जनाएको छ। “आफ्नो भनेको आफ्नै हुन्छ” भन्ने सन्देशका साथ बैंकले छिटो र सुरक्षित डिजिटल सेवामा जोड दिएको छ।


