सानिमा बैंकको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी अब अनलाइन पोर्टलमा

सानिमा बैंकको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी अब अनलाइन पोर्टलमा तरुण खबर १६ पुष २०८२, बुधबार ०८:३०
सानिमा बैंकको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी अब अनलाइन पोर्टलमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेका गैर-बैंकिङ सम्पत्ति तथा लिलाम बिक्रीमा राखिएका सम्पत्तिहरूको विवरणलाई पारदर्शी र सहज बनाउन अनलाइन पोर्टल सञ्चालनमा ल्याएको ।

अब ग्राहकहरूले बैंकको आधिकारिक पोर्टल (https://auctionhub.sanimabank.com/) मार्फत लिलाम बिक्री गरिने घर, जग्गा तथा सवारी साधनहरू सम्बन्धी सम्पूर्ण विस्तृत जानकारी एकै ठाउँबाट लिन सक्नेछन्। बैंकले सूचना प्रविधिलाई आत्मसात गर्दै ग्राहकहरूलाई झन्झटरहित सेवा प्रदान गर्ने उद्देश्यले यो डिजिटल पोर्टलको सुरुवात गरेको हो।