तरुण खबर
१६ पुष २०८२, बुधबार ११:१०
नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघका अनुसार आज सुन प्रतितोला १ हजार १०० रुपैयाँले घटेको हो।
मंगलबार प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर प्रतितोला २ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यसैगरी, आज चाँदीको मूल्यमा पनि कमी आएको छ। महासंघका अनुसार चाँदी प्रतितोला १२० रुपैयाँले घटेको हो। मंगलबार प्रतितोला ४ हजार ५९० रुपैयाँमा किनबेच भएको चाँदी आज बुधबार प्रतितोला ४ हजार ४७० रुपैयाँमा कारोबार भएको छ।


