तरुण खबर
१६ पुष २०८२, बुधबार ११:१६
टिकटकले सन् २०२५ भरि नेपालबाट यस प्लेटफर्ममा सबैभन्दा बढी खोजिएका शब्दहरूको सूची सार्वजनिक गरेको छ। सार्वजनिक सूचीले वर्षभरि नेपाली प्रयोगकर्ताहरू के–कस्ता विषयमा बढी जिज्ञासु रहे, कुन चाडपर्व, मनोरञ्जन, घुमफिर, संगीत, कार्यक्रम र दैनिक जीवनसँग सम्बन्धित खोजहरू लोकप्रिय भए भन्ने स्पष्ट झलक दिएको छ।
२०२५ को यो सूचीले टिकटक सर्च नेपालमा केवल मनोरञ्जनको माध्यम मात्र नभई वास्तविक जीवनका लागि उपयोगी खोज प्लेटफर्मका रूपमा स्थापित हुँदै गएको देखाउँछ। दशैं–तिहार र तीजका सामग्रीदेखि लिएर खाना पकाउने रेसिपी, यात्रा योजना, समाचार अपडेट, रिभ्यु तथा स्थानीय शैलीका सिफारिससम्मका खोजहरू टिकटकमा व्यापक रूपमा गरिएको पाइएको छ।
टिकटक दक्षिण एसियाका कन्टेन्ट अपरेसन्स लिड उमैस नवीदका अनुसार, “टिकटक सर्च नेपालमा दैनिक जीवनको महत्वपूर्ण हिस्सा बन्दै गएको छ। मानिसहरू भिडियो हेर्न मात्र होइन, वास्तविक समयमा जानकारी, सिफारिस र सन्दर्भ खोज्न टिकटक प्रयोग गरिरहेका छन्। खेलकुद अपडेट, विकेन्ड ट्रिप योजना, नयाँ कुरा सिक्ने वा किनमेलअघि रिभ्यु हेर्ने—सबैमा टिकटक नेपालीहरूको रोजाइ बन्दै गएको छ।”
उनका अनुसार २०२५ का टप सर्चहरूले टिकटकले नेपाली प्रयोगकर्तालाई संस्कृति, समुदाय र दैनिकीका जिज्ञासासँग जोडिरहेको स्पष्ट देखाउँछ।
उद्देश्यसहितका खोजको वर्ष
यस वर्षका सर्चहरूले उद्देश्यसहित गरिएका खोजहरू बढ्दै गएको संकेत गर्छन्। यात्रा गन्तव्यप्रति देखिएको आकर्षणले घुमफिरको योजना बनाउन टिकटक महत्वपूर्ण माध्यम बनेको देखिन्छ। त्यस्तै, सेलिब्रिटी, फिल्म, ड्रामा, गीत, भाइरल क्षणदेखि लिएर सार्वजनिक घटना, प्रविधि र प्रमुख समाचारसम्म अपडेट रहन पनि नेपाली प्रयोगकर्ताहरू टिकटकमै भर पर्न थालेका छन्। यसमा विभिन्न क्रिएटरहरूले वास्तविक समयमै जानकारी उपलब्ध गराउँदै महत्वपूर्ण भूमिका खेलेका छन्।
२०२५ को अन्त्यसँगै, नेपालका टप टिकटक सर्चहरूले सामूहिक उत्सव, दैनिकीका चासो र क्रिएटर–केन्द्रित खोजहरूले भरिएको वर्ष रहेको चित्र प्रस्तुत गरेका छन्। टिकटकले नेपालमा सशक्त र सिर्जनशील कम्युनिटीलाई निरन्तर सहयोग गर्ने तथा अझ अर्थपूर्ण र रमाइलो तरिकाले जानकारी र प्रेरणा दिने प्रतिबद्धता व्यक्त गरेको छ।
२०२५ मा नेपालमा टिकटकमा सबैभन्दा धेरै खोजिएका शब्दहरू
(कुनै क्रमबद्धतामा छैनन्)
सबैभन्दा धेरै खोजिएका शोबिज सेलिब्रिटी
प्रियंका कार्की
राजेश हमाल
स्वस्तिमा खड्का
रेखा थापा
मदन कृष्ण श्रेष्ठ
सबैभन्दा धेरै खोजिएका टिकटक क्रिएटर
सिम्पल खरेल
आश्मा विश्वकर्मा
रचना रिमाल
अनमोल केसी
आना शर्मा
सबैभन्दा धेरै खोजिएका खेलाडी
साम्बा
बिमल घर्ती मगर
दिपेन्द्र सिंह ऐरी
एम्बाप्पे
मेस्सी
सबैभन्दा धेरै खोजिएका स्थान
मुस्ताङ
मनाङ
नर्थ अन्नपूर्ण बेस क्याम्प
पशुपतिनाथ मन्दिर
भीमसेनस्थान मन्दिर
सबैभन्दा धेरै खोजिएका टिभी शो वा ड्रामा
बिग बस
परान (चलचित्र)
जेरी अन टप (चलचित्र)
जारी २ (चलचित्र)
रोडिज सिजन ७
सबैभन्दा धेरै खोजिएका ट्रेन्डिङ क्षणहरू
तीज
कुकुर तिहार
मिस ग्राण्ड नेपाल
रुटिन अफ नेपाल बन्द
एनपीएल सिजन २
सबैभन्दा धेरै खोजिएका गीत / साउन्डट्र्याक
ठुमक ठुमक जानीए माहिए दे नाल
आइसक्रिम खाउंगी काश्मिर जाउंगी
माया गर्नु ल (जोन चाम्लिंग)
वाक्क लाग्दो संसार
सारी लायर आएँ भने
सबैभन्दा धेरै खोजिएका खाना / रेसिपी
हत्क्युला फ्रुट
स्टिम चिकेन रेसिपी
सेलरोटी रेसिपी
सिंगडा रेसिपी
पक्कु रेसिपी


