प्रभु महालक्ष्मी लाइफको नयाँ नेतृत्व

प्रभु महालक्ष्मी लाइफको नयाँ नेतृत्व तरुण खबर १६ पुष २०८२, बुधबार ११:२३
प्रभु महालक्ष्मी लाइफको नयाँ नेतृत्व

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ नेतृत्व तय गरेको छ। कम्पनीका सचिव किशोर प्रसाद लामिछानेका अनुसार कम्पनीको २४औँ सञ्चालक समितिको बैठकले सम्झना अर्याललाई अध्यक्षमा नियुक्त गरेको छ।

यसअघि कम्पनीको अध्यक्ष रहेकी शिक्षा भट्टचनले राजीनामा दिएकी थिइन्, त्यसपछि अर्याललाई नयाँ अध्यक्षको रूपमा जिम्मेवारी सुम्पिएको लामिछानेले जानकारी दिए। साथै, कम्पनीको रिक्त सञ्चालक समितिको सदस्यको पदमा संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्ने गरी क्लाउड मण्डप प्रा.लि.को तर्फबाट बहादुर भट्टचनलाई नियुक्त गरिएको छ।

कम्पनीका अनुसार नयाँ नेतृत्वसँगै आगामी योजनाहरूलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने तथा संस्थापक शेयरधनीको प्रतिनिधित्व सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।