नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रिय राजनीतिका नयाँ चुनौतीहरू सामना गर्न राष्ट्रिय एकता र मेलमिलाप अपरिहार्य भएको बताएका छन्।
आजको राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा जारी प्रेस वक्तव्यमा नेता कोइरालाले न केवल राजनीतिक दल, तर सम्पूर्ण राष्ट्रले एकता र मेलमिलापको मार्ग अपनाउन आवश्यक रहेको बताए।
उनले वर्तमान राजनीतिक परिस्थितिमा जनविश्वास अति आवश्यक भएको उल्लेख गर्दै भने, “यदि हामी जनविश्वास कमाउन असफल भयौं भने, हाम्रो सान्दर्भिकता हराउनेछ।” उनले थपे कि नेपाली कांग्रेसको नेतृत्वले मुलुकलाई राजनीतिक समाधान दिन सक्ने सामर्थ्य राख्दछ।
नेता कोइरालाका अनुसार, बीपी कोइरालाका राष्ट्रिय मेलमिलाप सम्बन्धी सिद्धान्तलाई अपनाउँदा कठिन समयमा पनि समधान खोज्न सजिलो हुन्छ। उनले सबै राजनीतिक दल र नागरिकलाई साझा समझदारीमा अघि बढ्न आग्रह गरेका छन्।




