रिलायन्स स्पिनिङ्ग मिल्स आईपीओ बाँडफाँट सम्पन्न

रिलायन्स स्पिनिङ्ग मिल्स आईपीओ बाँडफाँट सम्पन्न तरुण खबर १८ पुष २०८२, शुक्रबार ११:२८
रिलायन्स स्पिनिङ्ग मिल्स आईपीओ बाँडफाँट सम्पन्न

रिलायन्स स्पिनिङ्ग मिल्सको सर्वसाधारण आईपीओ शुक्रबार सफलतापूर्वक बाँडफाँट भएको छ। कम्पनीले गत पुस ७ देखि ११ गतेसम्म प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले कुल ९ लाख २४ हजार ७६८ कित्ता शेयर निष्काशन गरेको थियो।

यस निष्काशनमा ५ लाख ३२ हजार ८८८ जनाले २ करोड ७२ लाख १५ हजार १०० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ५ लाख १९ हजार ४६ आवेदन स्वीकृत भएका छन् भने १३ हजार ८४२ आवेदन रद्द भएका छन्।

मागभन्दा बढी आवेदन परेको कारण गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको थियो। यसअनुसार १८ हजार ४९५ जनाले ५० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँकी रहेको १८ कित्ता शेयर सोही लगानीकर्तामा थप एक कित्ताका दरले बाँडफाँट भएको छ, जसअन्तर्गत १८ जनाले ५१ कित्ताका दरले शेयर पाएका छन्।