सुन–चाँदीको मूल्यमा नयाँ उचाइ

सुन–चाँदीको मूल्यमा नयाँ उचाइ तरुण खबर १८ पुष २०८२, शुक्रबार ११:३३
सुन–चाँदीको मूल्यमा नयाँ उचाइ

आज सुन र चाँदीको मूल्यमा उच्च दरमा वृद्धि भएको छ। नेपाल सुनचाँदी पत्थर, रत्न तथा अपभूषण महासंघका अनुसार सुन प्रतितोला २९ सय रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला २ लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ६२ हजार ५०० रुपैयाँ कायम भएको छ।

यसैगरी, चाँदीको मूल्यमा पनि बढोत्तरी आएको छ। प्रतितोला ११० रुपैयाँले मूल्य बढेको महासंघले जनाएको छ। बिहीबार प्रतितोला ४ हजार ४१५ रुपैयाँमा किनबेच भएको चाँदी आज शुक्रबार बढेर ४ हजार ५२५ रुपैयाँ पुगेको छ।