डिजिटल सचेतनातर्फ एक कदम

डिजिटल सचेतनातर्फ एक कदम तरुण खबर २० पुष २०८२, आईतवार ११:३४
डिजिटल सचेतनातर्फ एक कदम

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र ईसेवाको संयुक्त आयोजनामा वित्तीय तथा डिजिटल साक्षरता र ईसेवा मार्फत इएमआई भुक्तानीसम्बन्धी एक दिने तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। पर्सा जिल्लाको वीरगन्जमा आयोजित उक्त तालिममा डिप्रोक्स लघुवित्तका १०० भन्दा बढी सदस्यहरूको सहभागिता रहेको थियो।

तालिमको मुख्य उद्देश्य सदस्यहरूमा वित्तीय तथा डिजिटल सचेतना अभिवृद्धि गर्नु, सुरक्षित र भरपर्दो डिजिटल कारोबारलाई प्रवर्द्धन गर्नु तथा ईसेवा प्रयोग गरी सहज रूपमा इएमआई भुक्तानी गर्न प्रोत्साहन गर्नु रहेको आयोजक संस्थाले जनाएको छ।

कार्यक्रममा समयमै इएमआई भुक्तानी गर्ने बानी विकास गर्दै डिजिटल वित्तीय सेवाको प्रयोगमार्फत वित्तीय अनुशासनलाई अझ सुदृढ बनाउने विषयमा विशेष जोड दिइएको थियो। साथै डिजिटल भुक्तानी प्रणालीको प्रभावकारी प्रयोग, साइबर सुरक्षा सावधानी तथा व्यक्तिगत वित्तीय व्यवस्थापनका आधारभूत पक्षबारे सहभागीलाई जानकारी गराइएको थियो।

तालिमपछि सहभागी सदस्यहरूले प्राप्त ज्ञानले वित्तीय व्यवस्थापनप्रति सकारात्मक सोच विकास भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले दैनिक आर्थिक कारोबारमा डिजिटल वित्तीय सेवाको सुरक्षित र जिम्मेवार प्रयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।