तरुण खबर
२० पुष २०८२, आईतवार ११:३६
सोल्टी होटल लिमिटेडको ५१औँ वार्षिक साधारण सभाले शेयरधनीलाई साढे १६ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सभाले होटलको चुक्ता पुँजीको १६.५७८९४७३७ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो।
वार्षिक साधारण सभाले लाभांशसम्बन्धी निर्णयसँगै कम्पनीको भावी व्यवस्थापन र संरचना सुदृढ गर्ने महत्वपूर्ण प्रस्तावहरू पनि अनुमोदन गरेको छ। सभाबाट वैधानिक लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिएको छ भने सर्वसाधारण शेयरधनीहरूबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने निर्णय पनि गरिएको छ।
त्यसैगरी, स्वतन्त्र सञ्चालक नियुक्तिलाई अनुमोदन गर्दै कम्पनीको सुशासनलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। सभाले सञ्चालक समितिको प्रस्ताव बमोजिम शेयरधनीलाई १५.५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने तथा सोहीअनुसार चुक्ता पुँजी वृद्धि गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि पारित गरेको छ।


