तरुण खबर
२० पुष २०८२, आईतवार ११:४३
स्थानीय बजारमा आइतबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेशनल फेडेरेसन अफ गोल्ड एण्ड सिल्भर डिलर्सका अनुसार सुनको मूल्य प्रति तोला २,१०० रुपैयाँ घटेर २,६०,४०० रुपैयाँ पुगेको छ। शुक्रबार सुनको मूल्य २,६२,५०० रुपैयाँ प्रति तोला थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रति तोला २५ रुपैयाँले घटेर ४,५०० रुपैयाँमा कारोबार भएको छ। शुक्रबार चाँदी ४,५२५ रुपैयाँ प्रति तोला रहेको थियो।


