सोलु हाइड्रोपावरको आइपीओ सर्वसाधारणका लागि खुल्दै

सोलु हाइड्रोपावरको आइपीओ सर्वसाधारणका लागि खुल्दै तरुण खबर २० पुष २०८२, आईतवार ११:४५
सोलु हाइड्रोपावरको आइपीओ सर्वसाधारणका लागि खुल्दै

सोलु हाइड्रोपावरले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) बिक्रीको तयारी गरेको छ। कम्पनीले यही पुस २९ गतेदेखि आइपीओ बिक्री सुरु गर्ने भएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका २ करोड कित्ता शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। यसमा ५ लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि, ३ लाख कित्ता शेयर कर्मचारीका लागि छुट्टाइएको छ भने बाँकी ८२ लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गरिएको छ।

सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेस्टमेन्ट बैंकिङ नियुक्त गरिएको छ।