तरुण खबर
२२ पुष २०८२, मंगलवार ११:१४
मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य उच्च दरले बढेको छ। सोमबार एकैदिन ४ हजार ६ सय रुपैयाँ ले बढेको सुनको भाउ आज फेरि प्रतितोला ३ हजार १ सय रुपैयाँ ले उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ मा कारोबार भइरहेको छ। अघिल्लो दिन छापावाल सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँ मा किनबेच भएको थियो।
चाँदीको मूल्य पनि बढ्यो
सुनसँगै चाँदीको भाउमा पनि वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला १ सय ९५ रुपैयाँ ले बढेर ४ हजार ८ सय ८० रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँ मा कारोबार भएको थियो।


