महालक्ष्मी विकास बैंकले १०.३७% लाभांश वितरण गर्ने निर्णय

महालक्ष्मी विकास बैंकले १०.३७% लाभांश वितरण गर्ने निर्णय तरुण खबर २२ पुष २०८२, मंगलवार ११:२०
महालक्ष्मी विकास बैंकले १०.३७% लाभांश वितरण गर्ने निर्णय

महालक्ष्मी विकास बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा सोमबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको छ।

सभामा आ.व. २०८१/८२ का वार्षिक आर्थिक विवरण, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा बाँँफाँड र इक्विटीमा भएको परिवर्तन लगायतका वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरिएका छन्।

लाभांश र बोनस शेयर वितरण

साधारण सभामा संचालक समितिको प्रस्ताव अनुसार १०.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय अनुमोदन गरिएको छ।

  • चुक्ता पुँजीको ५.३७ प्रतिशत नगद लाभांश

  • ५ प्रतिशत बोनस शेयर

अघिल्लो आर्थिक वर्षमा बैंकले ७ प्रतिशत लाभांश वितरण गरेको थियो।

वित्तीय स्थिति र प्रदर्शन

आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा बैंकका समग्र वित्तीय परिसूचकहरूमा सकारात्मक परिवर्तन देखिएको छ।

  • आधार दर: ९.३९% (२०८०/८१) → ६.९४% (२०८१/८२)

  • पुँजीकोष पर्याप्यता अनुपात: १४.९३% → १७.०६%

  • निक्षेप: रु. ५६.२२ अर्ब

  • कर्जा तथा सापटी: रु. ४७.२१ अर्ब

सञ्चालक निर्वाचन

बैंकको नियमावली अनुसार सस्थापक समूह (क) र सर्वसाधारण समूह (ख) बाट प्रत्येक समूहका ३–३ जना सञ्चालक निर्वाचित भएका छन्।

  • सस्थापक समूह (क): राजेश उपाध्याय, संजय गिरि, सागर मल्ल

  • सर्वसाधारण समूह (ख): श्याम सुन्दर रुंगटा, राहुल अग्रवाल, शालिक राम अर्याल

अध्यक्षको प्रतिबद्धता

सभामा अध्यक्ष उपाध्यायले शेयरधनीहरूको सुझाव आत्मसात गर्दै ग्राहक सन्तुष्टि र लगानीको उचित प्रतिफल सुनिश्चित गर्न बैंकका क्रियाकलापहरू थप सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले बैंकसँग सम्बन्धित सबै सरोकारवालाहरूको सहयोगको लागि धन्यवाद ज्ञापन पनि गरे।