बिमलेन्द्र निधिमाथि आक्रमण प्रयास लोकतन्त्रविरुद्धको हमला : रबिन्स शर्मा

बिमलेन्द्र निधिमाथि आक्रमण प्रयास लोकतन्त्रविरुद्धको हमला : रबिन्स शर्मा तरुण खबर २२ पुष २०८२, मंगलवार १९:०३
बिमलेन्द्र निधिमाथि आक्रमण प्रयास लोकतन्त्रविरुद्धको हमला : रबिन्स शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता रबिन्स शर्माले कांग्रेसका वरिष्ठ नेता बिमलेन्द्र निधिमाथि भएको आक्रमण प्रयासको कडा निन्दा गरेका छन्। उनले यो घटनालाई एक व्यक्तिमाथिको मात्र होइन, सिङ्गो लोकतान्त्रिक मूल्य र कांग्रेसजनमाथिको आक्रमणको रूपमा व्याख्या गरेका छन्।

जारी गरिएको खण्डन वक्तव्यमा नेता शर्माले मधेस आन्दोलनपछि कांग्रेस कमजोर बन्दै गएको सन्दर्भमा मधेस र कांग्रेसबीच सेतुको भूमिका खेल्दै आएका गान्धीवादी चिन्तन बोकेका मधेसी नेता बिमलेन्द्र निधिमाथि आक्रमणको प्रयास अत्यन्तै गम्भीर र निन्दनीय भएको बताएका छन्। उनले यसलाई लोकतान्त्रिक मूल्य, सहिष्णुता र राजनीतिक सभ्यतामाथिको आक्रमणको संज्ञा दिँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

साथै, यस्ता घटनाले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने खतरा रहेको उल्लेख गर्दै नेता शर्माले सबै लोकतन्त्रप्रेमी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन्। उनले कांग्रेस सधैं अहिंसा, सहअस्तित्व र लोकतान्त्रिक विधिको पक्षमा उभिने पार्टी भएको स्पष्ट पार्दै हिंसात्मक प्रयासविरुद्ध पार्टी दृढतापूर्वक उभिने प्रतिबद्धता जनाएका छन्।