उपभोक्ता संरक्षणमा कडाइ: दुई उद्योगलाई जरिवाना

उपभोक्ता संरक्षणमा कडाइ: दुई उद्योगलाई जरिवाना तरुण खबर २३ पुष २०८२, बुधबार ११:३२
उपभोक्ता संरक्षणमा कडाइ: दुई उद्योगलाई जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योगलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार नगद जरिवाना गरेको छ। विभागले स्थलगत निरीक्षणका क्रममा भेटिएका उल्लङ्घनका आधारमा मञ्जुश्री प्लास्टिक इण्डस्ट्रिज, चाँगुनारायण–२, भक्तपुरलाई २ लाख रुपैयाँ र श्री पोलिथिन एण्ड प्लास्टिक उद्योग प्रालि, काठमाडौंलाई ५० हजार रुपैयाँ बराबरको जरिवाना गरेको हो।

विभागका अनुसार यी उद्योगहरूले उपभोक्ता संरक्षण ऐनको दफा १६ (२) क र दफा ३८ बमोजिमको कसुर गरेका थिए। सोही ऐनको दफा ३९ (१) ख अनुसार कारवाही गरिएको विभागले जनाएको छ।

यसअघि विभागले काठमाडौँ र भक्तपुरका विभिन्न १७ वटा उद्योग र फर्ममा अनुमगन निरीक्षण गरेको थियो। तीमध्ये १५ वटा फर्मलाई सुधारात्मक निर्देशन दिइएको थियो।

स्थानीय प्रशासन र उपभोक्ता अधिकारकर्मीहरूको सहभागितामा विभागले निरन्तर रूपमा अनुमगन र निरीक्षण गर्दै उपभोक्ताको हित सुनिश्चित गर्ने काम गरिरहेको छ। यस प्रकारको कदमले उपभोक्ता हितमा उद्योगहरूलाई सचेत गराउने अपेक्षा गरिएको छ।