बुढानीलकण्ठ हेरिटेजको संस्थापक शेयर खुला

बुढानीलकण्ठ हेरिटेजको संस्थापक शेयर खुला तरुण खबर २७ पुष २०८२, आईतवार ११:२०
बुढानीलकण्ठ हेरिटेजको संस्थापक शेयर खुला

बुढानीलकण्ठ हेरिटेज लिमिटेडले साढे ८ लाखभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीको संस्थापक समूहअन्तर्गत रहेको ८ लाख ५४ हजार २८१ कित्ता अवितरित हकप्रद शेयर बिक्रीका लागि खुला गरिएको हो।

कम्पनीका अनुसार यो शेयरमा संस्थापक शेयरधनीका साथै सर्वसाधारण व्यक्ति तथा संस्थाले समेत आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको शेयर खरिदका लागि संस्थापक समूहले न्यूनतम १ हजार कित्ता र बाह्य व्यक्ति तथा संस्थाले कम्तीमा २० हजार कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ। यसअनुसार आवेदनकर्ताले कम्तीमा १५० रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।

उक्त संस्थापक शेयर खरिदका लागि पुस २८ गतेसम्म आवेदन दिन सकिनेछ। इच्छुक लगानीकर्ताले बुढानीलकण्ठस्थित कम्पनीको दर्ता कार्यालय होटल लेमन ट्री प्रिमियरमा आवेदन बुझाउनुपर्ने कम्पनीले जनाएको छ।