तरुण खबर
२७ पुष २०८२, आईतवार ११:२४
सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको निर्णयअनुसार उनी २५ गते (शुक्रबार)देखि पद सम्हाल्ने भएका हुन्।
बैंकिङ क्षेत्रमा झन्डै ३६ वर्षको अनुभव भएका बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंकमा विभिन्न महत्वपूर्ण पदहरू सम्हालेका थिए। सन् २००५ मा सिद्धार्थ बैंक प्रवेश गरेका उनले प्रबन्धकबाट सुरु गर्दै वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायब महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै नायब प्रमुख कार्यकारी अधिकृतसम्मको पद यात्रा सफलतापूर्वक पूरा गरेका छन्।
बैंकले जनाएअनुसार रामेश्वर बस्याल विशेषगरी बजार व्यवस्थापन, कर्जा लगानी र जोखिम व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्याउने क्षमताका धनी छन्।
उनको नेतृत्वमा सिद्धार्थ बैंकले संस्थागत सुशासनलाई प्राथमिकता दिँदै दिगो विकास हासिल गर्ने, ग्राहक सेवा अझ उत्कृष्ट बनाउने र संस्थागत संरचनालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।


