तरुण खबर
२७ पुष २०८२, आईतवार ११:३६
आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा पुनः उल्लेखनीय वृद्धि देखिएको छ। सुनको भाउ आज एकैदिन तोलामा २८०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँ तोकिएको छ। गत शुक्रबार सुनको भाउ २ लाख ६७ हजार ८०० रुपैयाँ रहेको थियो, जसमा २१०० रुपैयाँ वृद्धि भएको थियो।
यस्तै, चाँदीको मूल्यमा पनि उच्च रेकर्ड कायम भएको छ। आज चाँदीको भाउ तोलामा २१० रुपैयाँले बढेर ४ हजार ९ सय ९० रुपैयाँ पुगेको छ। गत शुक्रबार चाँदीको भाउ ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको थियो।


