सुन–चाँदीमा नयाँ उचाइ, बजारमा चमक

सुन–चाँदीमा नयाँ उचाइ, बजारमा चमक तरुण खबर २८ पुष २०८२, सोमबार ११:३३
सुन–चाँदीमा नयाँ उचाइ, बजारमा चमक

सोमबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्य बढ्दै नयाँ ऐतिहासिक रेकर्ड कायम भएको छ। निरन्तरको मूल्यवृद्धिसँगै सुनचाँदी बजारमा थप उत्साह देखिएको छ।

हिजो प्रतितोला २ हजार ८ सय रूपैयाँले बढेको सुनको मूल्य आज एकैदिन प्रतितोला ४ हजार १ सय रूपैयाँले वृद्धि हुँदै हालसम्मकै उच्च विन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७४ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला २ लाख ७० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि जारी रहेको छ। हिजो प्रतितोला २ सय १० रूपैयाँले बढेको चाँदी आज थप २ सय ५ रूपैयाँले बढेको छ। आइतबार प्रतितोला ४ हजार ९ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला ५ हजार १ सय ९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।