राष्ट्र बैंकको २५ अर्बको ऋणपत्र बिक्री आजदेखि

राष्ट्र बैंकको २५ अर्बको ऋणपत्र बिक्री आजदेखि तरुण खबर २८ पुष २०८२, सोमबार ११:५१
राष्ट्र बैंकको २५ अर्बको ऋणपत्र बिक्री आजदेखि

नेपाल राष्ट्र बैंकले आज फेरि २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। राष्ट्र बैंकले १ वर्षे अवधिका लागि नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘छ’ जारी गर्न लागेको हो।

ऋणपत्रको बोलकबोल आज मध्याह्न २ बजेसम्म अनलाइनमार्फत सञ्चालन हुनेछ र यसै माध्यमबाट ब्याजदर निर्धारण हुनेछ। ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्।

यो ऋणपत्रको साँव भुक्तानी २०८३ पुस २८ गते हुने र ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने छ। न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँका भागमा बोलपत्र पेश गर्न सकिने व्यवस्था रहेको छ। आवश्यक परे, नि:शेष भाग पनि कुल आह्वान रकमसम्म आवेदन गर्न सकिनेछ।