सुनचाँदीमा निरन्तर उकालो, बजारमा नयाँ उत्साह

सुनचाँदीमा निरन्तर उकालो, बजारमा नयाँ उत्साह तरुण खबर २९ पुष २०८२, मंगलवार ११:११
सुनचाँदीमा निरन्तर उकालो, बजारमा नयाँ उत्साह

नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य बढ्दै नयाँ रेकर्ड कायम भएको छ। अघिल्लो दिन एकैदिन ४ हजार १०० रुपैयाँले बढेको सुनको मूल्य आज फेरि प्रतितोला १ हजार ८०० रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँ पुगेको छ। यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदीको भाउ प्रतितोला १४५ रुपैयाँले बढ्दै हालसम्मकै उच्च बिन्दुमा पुगेको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ, जबकि सोमबार यसको मूल्य ५ हजार १९५ रुपैयाँ तोकिएको थियो।