सिटिजन्स बैंकको संस्थापक शेयर बिक्री, लगानी अवसर खुल्यो

सिटिजन्स बैंकको संस्थापक शेयर बिक्री, लगानी अवसर खुल्यो तरुण खबर २९ पुष २०८२, मंगलवार ११:२४
सिटिजन्स बैंकको संस्थापक शेयर बिक्री, लगानी अवसर खुल्यो

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ३ लाख ८२ हजार ७२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकका अनुसार हाललाई उक्त शेयर खरिदका लागि बैंककै संस्थापक शेयरधनीहरूलाई मात्र आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

बिक्रीमा राखिएको शेयरमध्ये १८ हजार ८४४.७२ कित्ताको न्यूनतम मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ भने बाँकी शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको बैंकले जनाएको छ।

इच्छुक संस्थापक शेयरधनीहरूले शेयर खरिदका लागि आवेदन काठमाडौंको नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा पेश गर्न सक्नेछन्। आवेदनका लागि बैंकले ३५ दिनको समय सीमा तोकेको छ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरूबाट सम्पूर्ण शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा बाँकी शेयर अन्य सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ। यस निर्णयले आगामी दिनमा बैंकको शेयर संरचना थप गतिशील हुने अपेक्षा गरिएको छ।