राष्ट्र बैंकको ऋणपत्र निष्काशन, वित्तीय बजारमा अवसर खुल्यो

राष्ट्र बैंकको ऋणपत्र निष्काशन, वित्तीय बजारमा अवसर खुल्यो तरुण खबर २९ पुष २०८२, मंगलवार ११:२८
राष्ट्र बैंकको ऋणपत्र निष्काशन, वित्तीय बजारमा अवसर खुल्यो

नेपाल राष्ट्र बैंकले मंगलबार २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। हिजो सोमबार राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको थियो।

ऋणपत्र निष्काशनका लागि ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘ज’’ उपकरण प्रयोग हुने छ। आज मध्याह्न २ बजेसम्म अनलाइन बोलकबोलमार्फत ऋणपत्रको ब्याजदर निर्धारण गरिने बैंकले जनाएको छ।

यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन सक्नेछन्। ऋणपत्रको साँव भुक्तानी २०८३ पुस २९ गते हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने छ।

ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेश गर्न सकिने व्यवस्था छ। साथै, यस ऋणपत्रलाई बैंक तथा अन्य वित्तीय संस्थामा धितोको रूपमा समेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।