तरुण खबर
३० पुष २०८२, बुधबार ११:१४
वाणिज्य बैंकहरूले माघ महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर थप घटाएका छन्। तरलता पर्याप्त रहेकाले बैंकहरूले पुसदेखि निरन्तर घटाउँदै आएको ब्याजदर माघमा पनि संशोधन गरी नयाँ दर लागू गरेका हुन्।
पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा औसत ४.८३४ प्रतिशत ब्याज दिँदै आएका बैंकहरूले माघका लागि औसत ०.१४९५ प्रतिशतविन्दुले घटाएका छन्। यससँगै माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपको औसत ब्याजदर ४.६८४५ प्रतिशत कायम भएको छ।
हाल सार्वजनिक तथ्यांकअनुसार ११ वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १ बैंकले बढाएको छ। बाँकी बैंकहरूले भने पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
माघका लागि ब्याजदर बढाउने एकमात्र बैंक प्राइम कमर्सियल बैंक बनेको छ। बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ०.१५ प्रतिशतले बढाएर ४.४ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा २.७५ प्रतिशत ब्याजदर तोकेको छ।
माघ महिनाका लागि हिमालयन बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स इन्टरनेश्नल बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्।
व्यक्तिगत मुद्दति निक्षेपतर्फ हिमालयन बैंक र माछापुच्छ्रे बैंकले समान ०.५ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन्। माघमा हिमालयन बैंकले ५ प्रतिशत र माछापुच्छ्रे बैंकले ४.५ प्रतिशत ब्याज दिने भएका छन्। संस्थागत निक्षेपतर्फ यी बैंकहरूले क्रमशः ४ प्रतिशत र ३ प्रतिशत ब्याज तोकेका छन्।
यस्तै,
सानिमा बैंक: व्यक्तिगत ४.५५ प्रतिशत, संस्थागत ३.३ प्रतिशत
सिद्धार्थ बैंक: व्यक्तिगत ४.५५ प्रतिशत, संस्थागत २.७५ प्रतिशत
लक्ष्मी सनराइज बैंक: व्यक्तिगत ४.५ प्रतिशत, संस्थागत ३.२५ प्रतिशत
सिटिजन्स इन्टरनेश्नल बैंक: व्यक्तिगत ४.५ प्रतिशत, संस्थागत ३ प्रतिशत
कुमारी बैंक: व्यक्तिगत ४.४३ प्रतिशत, संस्थागत ३.५ प्रतिशत
एभरेष्ट बैंक: व्यक्तिगत ४.४ प्रतिशत, संस्थागत ३.५ प्रतिशत
कृषि विकास बैंक: व्यक्तिगत ४.४ प्रतिशत, संस्थागत ३.७५ प्रतिशत
नेपाल एसबिआई बैंक: व्यक्तिगत ४.४ प्रतिशत, संस्थागत २.८ प्रतिशत
स्ट्याण्डर्ड चार्टर्ड बैंक: व्यक्तिगत ४.३६ प्रतिशत, संस्थागत २.७५ प्रतिशत



