तरुण खबर
३० पुष २०८२, बुधबार ११:२५
पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज पुस ३० गते अन्तिम दिन रहेको छ।
कम्पनीले पुस २५ गतेदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरूका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो।
पाल्पा सिमेन्टले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशत हिस्सा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आरक्षित गरिएको हो।
यसअनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा कुल ५ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर, अर्थात ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ विदेशमा कार्यरत नेपालीहरूका लागि निष्काशन गरेको छ।
आईपीओमा न्यूनतम १० कित्तादेखि आवेदन दिन सकिनेछ भने अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। निर्धारित समयभित्र आवेदन नपरेमा सो अवसर गुम्ने भएकाले इच्छुक वैदेशिक रोजगारीमा रहेका नेपाली लगानीकर्तालाई आजै आवेदन दिन कम्पनीले आग्रह गरेको छ।


